FAQs Complain Problems

समाचार :

दोस्रो नगरसभा सम्पन्न

राज्यको पूर्नसंरचना सँगै सम्पन्न स्थानीय तहको निर्वाचनबाट पनौती नगरपालिकामा जनप्रतिनीधिको वहाली पश्चात जनसरकारका विषयमा भएको विभिन्न निर्णयहरु , प्राप्त उपलब्धी र गतिविधी लगायत भौतिक एवं वित्तीय प्रगती उपर आवश्यक छलफल तथा नेपालको संविधान २०७२ मा व्यवस्था भए बमोजिमका विभिन्न पाँचवटा  विद्येयक पेश भई छलफल सहित पारित गर्दै यस नगरपालिकाको मिति २०७४ माघ २६ गते देखि २७ गते सम्म द्रोस्रो नगरसभा सम्पन्न भएको छ । यसै नगरसभाबाट उप-प्रमुख गिता बन्जाराको संयजकत्वमा न्यायिक समिती समेत गठन भएको छ । उक्त समितिमा निला अधिकारी र मधुकृष्ण श्रेष्ठ सर्वसम्मत सदस्यको रुपमा चयन हुनु भएको छ । सो समितिले चालु सभा समक्ष सभा अध्यक्षबाट पद तथा योपनियताको सपथ ग्रहण गर्नुभएको छ ।