FAQs Complain Problems

सार्वजनिक जग्गा खालि गर्ने सम्बन्धी पनौती नगरपालिकाको सार्वजनिक सूचना

सार्वजनिक जग्गा खालि गर्ने सम्बन्धी

पनौती नगरपालिकाको सार्वजनिक सूचना

(प्रकासन २०७४।११।२३ गते)

    पनौती नगरपालिका वडा नं. ७ स्थित रोशिखोलाको दायाँ बायाँ किराना छेउ रहेको सार्वजनिक जग्गामा बसोवास गरि आएका घर टहराहरु हटाउने सम्बन्धमा पटक पटक सार्वजनिक सूचना जारि गरिदा समेत अटेर गरि जबरजस्त थप संरचना समेत निर्माण गरेकाले सार्वजनिक संपत्तिको संरक्षण गर्ने दायित्व अनुरुप अतिक्रमित जग्गाको संरक्षण गरि अतिक्रमण मुक्त बनाउन तत्काल उल्लेखित स्थानमा बसोबास गर्नेहरुलाई जग्गाको एकलौटी हकदावी लाग्ने भए सो को प्रमाण पेश गर्न सुचित गरिन्छ । अन्यथा यो सूचना प्रकाशन भएका मितिले ३५ (पैतिस दिन) दिन भित्र आफ्ना सर सामान जो जे छ उर्ठाई, हर्टाई उक्त जग्गा खालि गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको छ । यो सूचनाको हदम्याद भित्र समेत अटेर गरि जग्गा खालि नगराउनेहरुको हकमा नगरपालिकाको नेतृत्व, सम्बद्ध पक्षको सहयोग र समन्वयमा जग्गा खालि गर्राईने भनि नगर कार्यपालिकाको मिति २०७४।११।१८ मा निर्णय भएकोले सो क्षेत्रमा घर टहरा बनाई बस्नेहरुलाई प्रकाशित सूचनाको हद म्याद भित्र सबै प्रकारका संरचना एवं मालसामान हर्टाई र्सार्वजनिक जग्गा खाली गराउन यो सूचना प्रकाशन गरिएको छ । निर्धारित समय भित्र घर टहरा, सरसामान जो जे छ नहर्टाई जबरजस्त गर्नेका हकमा सार्वजनिक नुसार तत्काल आवश्यक कार्यवाही अधि बढाइने ब्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गरार्इन्छ ।