प्रेश विज्ञप्ती

            यस पनौती नगर कार्यपालिकाको कार्यालयमा कार्यलयका कर्मचारी र सेवाग्राही बिच मिति २०७४।१२।०८ गतेका दिन शहरी विकास तथा योजना शाखामा घर नक्सापास सम्बन्धी कार्यका सिलसिलामा पनौती नगरपालिका वडा नं. ४ निवासी सेवाग्राही श्री कृष्ण दमाई आवेगमा आई आफ्नो नजिकै बसोबास गरेको घरमा गई नाङ्गो खुकुरी ल्याई कार्यालय भित्र पुनः प्रवेश गरी मार्छु काट्छु भनी त्रसित गराउने कार्य भएको प्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
    उक्त घटना प्रति खेद प्रकट गर्दै घटनाको निश्पक्ष छानविन गरी प्रतिवेदन पेश गर्न उप प्रमुखज्यूको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन भई समतिलाई ७ दिनको समयाबधि तोकिएको हुँदा धैर्यतापुर्वक घट्नाको छानवीन गर्ने कार्यमा सघाउ पुर्‍याई दिनुहुन सम्बन्धित सबैमा यसै प्रेश विज्ञप्ती मार्फ अनुरोध गरिन्छ । साथै उचित कार्य वातावरण तयार भई कामकाज नियमित रुपमा हुदै आएको छ, नगर बासी एवं सबै कर्मचारीहरुलाई निर्विध्न साथ सेवा प्राप्त गर्ने र सेवा प्रदान गर्न अनुरोध गरिन्छ ।

पनाैती नगरपालिका