FAQs Complain Problems

मिति २०७७/०६्/१९ को नगरपालिका बिपद ब्यवस्थापन समितिका निणयहरु

 मिति २०७७ आश्विन १९ गते सोमबारका दिन नगर प्रमुख श्री भिम न्यौपानेज्यूको अध्यक्षतामा बसेको  पनौती नगरपालिका बिपद ब्यवस्थापन समितिका निणयहरु :

निर्णय नं.१. आ.ब. २०७६/०७७ को चैत्र ११ देखि ०७७।०७८ को भाद्र मसान्तसम्म कोभिड १९  अन्तर्गत गरिएको। तपशिलका शिर्षकमा गरिएको तपशिलका खर्च रकम अनुमोदन गर्ने निर्णय गरियो ।(तालिका नं. १)

निर्णय नं. २. श्री ईन्द्रेश्वर उच्च मा.बि.मा पूर्ण रुपले बिद्यालय संचालन भएको हुँदा उक्त स्थानमा बस्दै आईरहेका नेपाली सेनाको सुरक्षाकर्मीलाई वडा नं. १०, खोपासी स्थित प्राथमिक स्वास्थ्य केन्द्र (PHC)मा संचालन गरिएको Isolation मा खटाउनको लागि जिल्ला सुरक्षा समिति, काभ्रेलाई सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं. ३. हप्ताको दुइ दिन सोमबार र बिहिबार बिहान ९ दखि १० बजेसम्म पनौती स्वास्थ्य चौकीमा Swab संकलन गर्ने निर्णय गरियो। निम्नानुसारका लक्षण देखिएका ब्यक्तिले आफ्नो क्धबद परिक्षण गराउन सक्नेछन् ।

               १. कोभिड १९ को लक्षण देखिएको हुनुपर्ने ।

               २. CICT टिमले सामान्य चेकजाँच गर्दा Swab लिनुपर्ने भनी सिफारीस भएको भएमा ।

निर्णय नं. ४. २०७७ जेष्ठ १४ गतेको बाढीपहिरोले क्षति पुर्याएको योजनाहरु मर्मतको लागि बिनियोजन भएको बजेट रु. ७६ लाख ६० हजार मध्ये आ.ब. २०७७/०७८मा सम्पन्न बिभिन्न योजनाहरुमा भएको खर्च रु.३४ लाख ९० हजार अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५. चालु आ.ब.मा प्राकृतिक बिपदका कारण क्षति भएको तपशिलका ५ वटा घरलाई प्रतिघर रु. १५ हजारका दरले प्रदान गरिएको क्षतिपूर्ति रकम रु. ७५ हजार अनुमोदन गर्ने निर्णय गरियो ।

                        १. प्रकाश खत्री, वडा नं. १०

                        २. निर्मला थापा, वडा नं. ११

                        ३. जनक बहादुर थापा, वडा न.. ११

                        ४. सबिन तामाङ, वडा नं. ११

                        ५. दिल बहादुर तामाङ, वडा नं. ११