FAQs Complain Problems

समाचार :

Photo Gallery

६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पनौती नगरपालिकाद्वारा आयोजित कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट सहकारी संस्थाहरु, पनौती नगर क्षेत्रमा कृयाशिल अभियानकर्मी र प्रभातफेरीमा उत्कृष्ट हुने सहकारी संस्थालाइ पुरस्कृत गरिएको छ ।
६८औं राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा पनौती नगरपालिकाबाट वितरण गरिएको पुरस्कारको विवरण
१. उत्कृष्ट अभियान्ता वर्ष २०८१ श्री प्रकाश बन्जारा, पूर्व अध्यक्ष सामुदायिक साकोस
२. उत्कृष्ट व्यवस्थापक बर्ष २०८१ श्री दिपक तिमल्सिना, नवदुर्गा साकोस, पनौती ९
३. समग्रमा उत्कृष्ट सहकारी संस्था बर्ष २०८१ श्री बिन्धवासिनी साकोस, पनौती १०
४. उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था बर्ष २०८१ श्री जनमैत्री साकोस, पनौती १
५. उत्कृष्ट कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था बर्ष २०८१ श्री पाटीको चौर स्वस्थ कृषि सहकारी संस्था, पनौती ३
६. उत्कृष्ट महिला सहकारी संस्था बर्ष २०८१ श्री इन्द्रेश्वरी नारी चेतना साकोस, पनौती ८
७. प्रभातफेरीमा उत्कृष्ट सहकारी संस्थाहरु
प्रथम: श्री विन्धवासिनी साकोस पनौती १०
द्वितीय: श्री ज्योती मिर्मिरे सामुहिक साकोस पनौती ६
तृतीय: श्री लक्ष्मी महिला साकोस पनौती ५

, , , , , , , , , , , , , , ,

मिति २०८१ असोज १०-१२ गतेसम्म परेको अविरल तथा भिषण वर्षादका कारणबाट आएको बाढी तथा पहिरोको प्रकोपमा परेका पनौती नगरपालिकाको नागरिकहरुका लागि दाताहरुबाट संकलन भएको र नगरपालिकाबाट थप गरी आज १५१ सेट राहत प्याकेज वितरण गरिएको छ । पिडितहरुको सहयोगका लागि एकद्वार नीति अन्तर्गत रही कार्यगर्ने नगरपालिकाको निर्णय अनुसार वडा कार्यालय मार्फत मिति २०८१ असोज १५ गते नगरपालिकाले तपशिल बमोजिमका १५१ परिवारबाट राहत वितरण कार्य सुरु गरिएको छ ।

१ प्याकेज राहतमा:- चमल १ बोरा, दाल २ के.जी, तेल १ लि., नुन १ के.जी, साबुन ३ पिस (नुहाउने, लुकाधुने,भाँडामाझ्ने)

वडा नं १ मा ३५ सेट

वडा नं २ मा ४ सेट

वडा नं ३ मा ७ सेट

वडा नं ४ मा ५ सेट

वडा नं १२ मा १०० सेट

जम्मा १५१ सेट

, ,

Pages