तत्कालिन मल्पी, खोपासी, सुन्थान शारदा, टौखाल देवीस्थान, सुब्बागाउँ र पनौती गाविसको सबै क्षेत्रलाई समावेश गरी २०५३ साल माघ ११ गते गठित पनौती नगरपालिका हाल १३ वडामा विभक्त छ। आनन्द मल्लको शासन काल (इ.सं.१२७४-१३०१) मा प्राचीन पनौतीको स्थापना भएको विशवास गरिएसँगै देशको रुपमा छुट्टै अस्तित्व वि.सं. १८२० पछि नेपाल एकिकरणको क्रममा समाप्त भएको पाइन्छ।
राजधानी काठमाण्डौबाट दक्षिण पूर्वमा पर्ने यस नगरको केन्द्रसम्म ३२ कि.मी. दुरी रहेको छ। यो नगर पृथ्वीको २७० ३८' उत्तरी अक्षांस र पूर्वी देशान्तर ८५० ३२' मा पर्दछ। कूल ३३.७८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको नगर समुन्द्री सतहबाट १३०० मी. देखि १६०० मी. को उचाईमा छ। पूर्वमा शारदा वतासे/शंखु पाटीचौर गाविस र धुलिखेल नगरपालिका, पश्चिममा कुशादेवी, महेन्द्रज्योती र कलाँती भुमेडाँड गविस, उत्तरमा उग्रतारा जनागाल गाविस र बनेपा नगरपालिका एवं दक्षिणमा कलाँती भुमेडाँडा, चलाल गणेशस्थान र बल्थली गाविस पनौती नगरका सीमा हुन। समशितोष्ण हावापानी पाइने यो नगरमा अधिकतम् ३२०से. देखि न्युनतम ५० से. सम्म तापक्रम रहने गर्छ भने औसत वर्षा वार्षिक १२०० मि.मि. सम्म हुन्छ। read more
Mauris vitae lectus massa. Pellentesque nec risus nec odio imperdiet iaculis et non velit. Suspendisse sagittis dolor sed sapien sollicitudin… read more
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Sed aliquet tincidunt fringilla. Donec pellentesque eros in tortor sagittis posuere. Pellentesque… read more