FAQs Complain Problems

समाचार :

घर निर्माणका लागि नक्सा पासको प्रक्रियाहरु के के हुन् ?

१. निवेदन दर्ता

  • निर्माण हुने निर्माण कार्यको नक्सा ३ प्रति
  • लालपुर्जा प्रतिलिपी
  • नागरिकता प्रतिलिपी
  • प्रमाणित नापी नक्सा
  • एकिकृत सम्पति करको रसिद
  • डिजाइनरको इजाजत  प्रमाणपत्र

२.निवेदन  वडा कार्यालयमा चलानी

३.सूचना टास मुचुल्का तथा सर्जमिन मुचुल्का मा  संधियार को दस्तखत

४.वडा वाट १६ दिन पछि फाइल फिर्ता र न.पा. मा दर्ता

५.प्राविधिक ( सर्भेक्षक ) वाट जग्गाको निरिक्षण तथा मापद०ड छुटयााउने

६.न.पा. मा नक्सा दस्तुर तिर्ने

७.अस्थायी इजाजात पत्र प्रदान

८.डि.पि.सी निर्माण पश्चात स्थायी नक्सा पासका लागि  डिजाइनरको प्रतिवेदन सहित निवेदन

  • सम्वन्धित वडाका प्राविधिक वाट फिल्ड निरिक्षण

९.नक्सा वमोजिम घर निर्माण भैसके पछि सम्पन्न प्रमाण पत्र का लागि निवेदन

  • डिजाइनरको प्रतिवेदन सहित निवेदन
  • निर्माण सम्पन्न घरको चारै तर्फको फोटो
  • घर धनीको पासपोर्ट साइजको फोटो ३ प्रति
  • सम्वन्धित वडाको सिफारिस
  • सम्वन्धित वडाको प्राविधिक निरिक्षण