FAQs Complain Problems

समाचार :

तेश्रो नगर सभा सम्पन्न

पनौति नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेट ०७५/०३/२७ गते तेश्रो नगरसभा मार्फत सार्वजनिक गरेको छ ।३ दिन सम्म चलेको उक्त नगरसभामा नगर प्रमुख भिम न्यौपाने ज्यूले नीति तथा कार्यक्रम र उप–प्रमुख गीता बञ्जारा ज्यूले बजेट प्रस्तुत गरेका हुन् । नगरसभामा उप–प्रमुख बञ्जारा ज्यूले आ.व. २९७५।७६ का लागि कूल बजेट ९८ करोड ६१ लाख ४९ हजारको बजेट विनियोजन गरिएको छ ।नगरले क्षेत्रगत बजेट विनियोजनको विवरण समेत सार्वजनिक गरेको छ । जसमा आर्थिक विकास तर्फ रु. ४ करोड ५६ लाख, सामाजिक विकास तर्फ रु. ११ करोड ९९ लाख ५१ हजार, पूर्वाधार विकास तर्फ रु. ३१ करोड ३३ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु २ करोड ८३ लाख ५० हजार विनियोजन गरिएको छ ।तेस्रो नगरसभामा आर्थिक वर्ष २०७४।०७५को योजना कार्यन्वयनको समेत समिक्षा भएको थियो ।