FAQs Complain Problems

मेलम्ची नगरपालिकालाई राहत सहयोग प्रदान गरिएको सम्बन्धमा

मिति २०७८ साल आसाढ १ गते मेलम्ची र इन्द्रावती खोलामा आएको अकल्पनीय भिषण बाढीका कारण मेलम्ची नगरपालिकाको वडा नं. ६,१०, रा ११ मा ठुलो क्षति पुग्न गएको, नगरपालिकाको केन्द्र भाग मेलम्ची बजारको तल्लो तटीय क्षेत्र पूर्ण रुपमा क्षति भएको घटना प्रति पनौती नगरपालिका गहिरो दु:ख प्रकट गर्दछ । साथै मेलम्ची र इन्द्रावती खोला आसपासका बस्तीहरु बिस्थापित भएकोले बाढीबाट बिस्थापित तथा संकटमा परेका परिवारहरुलाई पुन: स्थापना गर्न पनौती नगरकार्यपालिकाको मिति २०७८/०३/०४ को बैठकबाट मेलम्ची नगरपालिकालाई रु.१०,००,००० /- (दश लाख) राहत स्वोरुप उपलब्ध गराउने निर्णय गरिएको छ ।