FAQs Complain Problems

समाचार :

बाताबरणमैत्री स्थानीय शासन कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

कार्यक्रमका झलकहरु

आज मिति २०७३।०२।१० गतेका दिन पनौती नगरपालिकामा बाताबरणमैत्री स्थानीय शासन कार्यक्रम सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्री श्यामकुमार खड्का ज्यूको हातबाट बिरुवाका पानी हाली सम्पन्न भयो। कार्यक्रममा संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका उपसचिव एवं बातारणमैत्री स्थानिय शासन कार्यक्रमका कार्यक्रम ब्यवस्थापक श्री चक्रपाणी शर्मा ज्यूले वातावरणमैत्री स्थानिय शासन कार्यक्रम सम्बन्धि जानकारी गराउनुभयो । कार्यक्रममा नगरपालिकाका कमचारीहरु,राजनैतिक दल, पत्रकार,उद्योग बाणिज्य संघ,वडा नागरीक मञ्च, नागरीक सचेतना केन्द्ध,सुरक्षा निकाय,स्थानीय सेवा प्रदायक संस्था, स्वास्थ्य केन्द, सहकारी संस्था, शैक्षिक संस्था, बाताबरण तथा फाहोरमैला सँग सम्बन्धित संघ संस्थाहरु, बिकासमा साझेदार सरकारी निकाय तथा संघ संस्थाहरु,अन्य गरी कुल १२१ जनाको सहभागिता रहयो । कार्यक्रममा छलफलको क्रममा १६ जना सहभागीदारा बातावरणलाई जोगाउन गर्न समिने प्रतिबद्धताहरुको बारेमा छलफल गरी कार्यक्रम समापन भयो।