FAQs Complain Problems

समाचार :

समिक्षा निचोड २०६९/०७०

 

आ व २०६९।७० मा नगरपालिकाले गरेका कार्य प्रगतिको बारेमा मिति २०७० भाद्र २१ गतेका दिन पनौती नगरपालिकाको सभाहलमा वार्षिक प्रगति समिक्षा कार्यक्रम पुर्व जनप्रतिनिधिहरु, नागरिक समाज, समाज सेवी, पत्रकार, उपभोक्ता समिति अध्यक्ष, सुरक्षा निकायका प्रमुखहरु लगायतका व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको छ । सो कार्यक्रममा शहरी विकास तथा योजना शाखा प्रमुख सिभिल इञ्जिनियर प्रेमकुमार सोनामले प्रगति विवरण प्रस्तुत गर्नु भएकोमा उपस्थित सहभागिहरुबाट प्राप्त भएको विभिन्न सल्लाह सुझावहरुको निचोड निम्नानुसार रहेको छ ।

  • विद्यमान ढल लाईन पनौती न.पा. ८ र ९ मल्पी क्षेत्रमा विस्तार एवम् शौचालय नभएका घरहरुमा शौचालय निर्माणको पहल हुनुपर्ने ।
  • सहकारीहरुको भवन निर्माण गर्न बजेट विनियोजन हुनुपर्ने तथा कृषी र पशुपालनलाई प्राथमिकता दिई जे.टि.ए. र भेटेरिनरी विषय पठनपाठनको लागि छात्रबृति उपलब्ध गराउनु पर्ने ।
  • लिलावती सिंचाई आयोजना विस्तार हुनुपर्ने ।
  • पशु वधशालाको व्यवस्थापन तथा पिकनिक स्पोर्ट निर्माणमा पहल गर्नुपर्ने ।
  • सार्वजनिक जग्गा अतिक्रमण कार्य अविलम्ब रोकी जग्गा संरक्षणमा ध्यान दिनुपर्ने ।
  • पर्व पुजा खर्च वृद्धीको लागि सरकारसँग पहल र गुठी जग्गाहरुको पहिचान एवं व्यवस्थापनमा ध्यान दिनुपर्ने ।
  • जि.वि.स.ले न.पा. क्षेत्र भित्र राखेको कर डिपो हट्नु पर्ने ।
  • जग्गाको वर्गिकरण गरि कृषी क्षेत्रमा घर निर्माण कार्यलाई निरुत्साहित गरि आवास क्षेत्रलाई प्रोत्साहनका कार्यक्रम संचालन गर्नुपर्ने ।
  • उपभोक्ता समितिहरुले समयमै काम गर्ने प्रबृचिको विकास गरि वेरुजु फर्छयौटको कार्य गर्नुपर्ने ।
  • शान्ती सुरक्षालाई थप प्रभावकारी ढंगले कार्यान्वयनमा गर्न सामुदायिक प्रहरी गठनको पहल गर्नुपर्ने ।