FAQs Complain Problems

समाचार :

मिति २०८१-०६-१५ गते बाढी तथा पहिरोको प्रकोपमा परेका नागरिकहरुका लाई राहत वितरण ।

मिति २०८१ असोज १०-१२ गतेसम्म परेको अविरल तथा भिषण वर्षादका कारणबाट आएको बाढी तथा पहिरोको प्रकोपमा परेका पनौती नगरपालिकाको नागरिकहरुका लागि दाताहरुबाट संकलन भएको र नगरपालिकाबाट थप गरी आज १५१ सेट राहत प्याकेज वितरण गरिएको छ । पिडितहरुको सहयोगका लागि एकद्वार नीति अन्तर्गत रही कार्यगर्ने नगरपालिकाको निर्णय अनुसार वडा कार्यालय मार्फत मिति २०८१ असोज १५ गते नगरपालिकाले तपशिल बमोजिमका १५१ परिवारबाट राहत वितरण कार्य सुरु गरिएको छ ।

१ प्याकेज राहतमा:- चमल १ बोरा, दाल २ के.जी, तेल १ लि., नुन १ के.जी, साबुन ३ पिस (नुहाउने, लुकाधुने,भाँडामाझ्ने)

वडा नं १ मा ३५ सेट

वडा नं २ मा ४ सेट

वडा नं ३ मा ७ सेट

वडा नं ४ मा ५ सेट

वडा नं १२ मा १०० सेट

जम्मा १५१ सेट