समाचार :
आ.व. २०८३/०८४ को लागि पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपा बिच सम्झौता सम्पन्न
आ.व. २०८३/०८४ को लागि पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपा बिच आँखाको मोतिविन्दु तथा पर्दा सम्बन्धि रोगहरुको निशुल्क उपचार, समुदाय तथा विद्यालय स्तरमा निशुल्क आँखा परिक्षण शिविर संचालन तथा निशुल्क चश्मा वितरण र पनौती नगरपालिका वडा नं ७ स्थित पनौती स्वास्थ्य चौकीमा महिनाको पहिलो र तेस्रो शुक्रबार निशुल्क आँखा उपचार क्लिनीक संचालनका लागि सम्झौता सम्पन्न भएको छ ।
