यस नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ को बजेट तर्जुमा गर्ने प्रयोजनका लागि मिति २०७६/०१/२० मा प्रमुख ज्युको समुपस्थितिमा प्रि-बजेट सम्बन्धमा छलफल गरियो । नगरपालिकाको सबै शाखा-प्रमुख समेतको उपस्थिति रहेको उक्त बैठकमा शाखागत रुपमा आ-आफ्ना शाखाको हालसम्मका प्रगति र संचालनको अवस्था प्रस्तुत भयो । कस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने,कस्ता कार्यक्रमलाई संशोधन गर्ने,थपघट गर्ने भन्ने सन्दर्भमा व्यापक छलफल गरियो । यथासंभव जनताको पक्षमा बढी सहभागिता हुने,दिगो बिकास गर्ने ,रोजगारी सिर्जना गर्ने ,योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने सन्दर्भमा पनि बृहत छलफल गरियो र बजेट यही ढंगले निर्माण गर्ने तहमा मार्गदर्शनले गरेको व्यवस्था बमोजिम कार्यतालिका निर्माण गरि जनताको आँगनमा नगरपालिका कार्यक्रम सम्पन्न भइसकेको सन्दर्भमा यस कार्यक्रममा व्यक्त भएका विचार,भावनाहरुलाई पृष्ठपोषण रुपमा ग्रहण गर्दै थप कामहरु अगाडी बढाउने सन्दर्भमा छलफल गरियो ।
समाचार :
फोटो ग्यालरी
मिति २०७५/०८/२३ गते भ्रष्टाचारविरुद्दको अन्तराष्ट्रिय दिवसको अवसरमा “ पारस्परिक जवाफदेहितामा हाम्रो अभियान ” भन्ने मूल नाराका साथ सामुदायिक सारथी नेपाल काभ्रे शाखाबाट भ्रष्टाचारविरुद्द नागरिक समुहका तर्फबाट प्रस्तुत भ्रष्टाचारविरुद्द शुन्य सहनशिलता व्यवहारमा कार्यान्वायन गरियोस् भन्ने बारेको ध्यानाकर्षण पत्र उप-प्रमुख गीता बन्जारा ज्यू समक्ष बुझाइयो ।
मिति २०७५/०५/१३ गते पनौती नगरपालिकाको आयोजना तथा कोशिश नेपालको सहयोगमा सम्पन्न अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सहजकर्ता अभिमुखीकारण कार्यक्रमका केहि दृश्यहरु!!